जनप्रतिनिधि

यसरी नयाँ बन्दै छ लाप्राक

आश्विन २५, २०७४-भूकम्पले क्षतविक्षत बनाएको गोरखाको लाप्राक काँचुली फेर्ने तरखरमा छ । पुरानो बस्ती पुरै चिराचिरा परेपछि गुप्सीपाखामा सारिएको बस्ती बन्दै गरेका घरले निकट भविष्यमै काँचुली फर्ने छ । गैर आवासीय नेपाली संघको पहलमा बन्न लागेको पुरै वस्ती निर्माण भइसकेपछि भूकम्प पीडितलाई वितरण गरिने संघका अध्यक्ष शेष घलेले जानकारी दिएका छन् । युद्धस्तरमा निर्माणको काम भइरहेको त्यस वस्ती गैर आवासीय नेपाली संघलाई नेपाली सेनाले निर्माणको काममा सघाएको छ । गुरुङ

लुम्बिनीमा सरसफाई

कार्तिक १२, २०७४-बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको