राजनीति

दार्चुलाको दुहुँ-५ नेपाली काँग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धन सिंह कुँवर विजयी भएका छन्  ।वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी  भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार मान सिंह बडालले ३ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीर सिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लाल सिंह कुवरले २५ मत

पत्रकार सम्मेलनमार्फत सुनाए सांसद बडूले २ वर्षका कामको फेहरिस्त

दार्चुला : बुधवार नेपाली काँग्रेस दार्चुलाले पत्रकार सम्मेलन आयोजना ग¥यो । पत्रकार सम्मेलनका लागि प्रमुख वक्ताका रुपमा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू थिए । संघीय निर्वाचन भएको दुई वर्ष बितेको छ । सांसद बडूले आफूले चुनाव जितेको आज ठीक दुई वर्ष भएको भन्दै यो अवधिमा आफूले गरेका काम कारवाही र प्रगतीबारे जानकारी गराउने बताए । पत्रकार सम्मेलनमा बोल्दै बडूले निर्वाचितका २ वर्ष अथक मेहनत

दुहुँ–५ उपनिर्वाचन : कसैको पनि भएन उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई अर्ना चुनाव चिन्ह

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बुधवार उम्मेदवारी फिर्ताको समय दिएकोमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएजो निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुहुँ गाउँपालिका–५ मा तीन दलका सहित एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लाल बहादुर कुँवरलाई

अनेरास्ववियुको दोस्रो विस्तारित बैठक सम्पन्न, ५ महिने कार्य योजना तयार

दार्चुला : नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिंह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको हो । बैठकले ५ महिने (मंसिरदेखि चैतसम्म) कार्ययोजना तयार पारेको अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कार्ययोजना बमोजिम मंसिर

बोहराले छोडिन राप्रपा अध्यक्ष पद, दयालीको नेतृत्वमा तदर्थ समिति गठन

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाका अध्यक्ष ईन्द्रा बोहराले अध्यक्ष पद छोड्दा प्रकाश दयालीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । मंगलवार राप्रपा जिल्ला कार्य समितिको बैठकले सहसचिव रहेका दयालीको नेतृत्वमा तदर्थको जिल्ला कार्य समिति गठन गरेको हो । राप्रपाको जिल्ला उपाध्यक्षमा सुरज सिंह ऐतवाल, कृष्ण बहादुर कुँवर र चक्र बहादुर बम रहेका छन् । यस्तै सचिवमा आन सिंह महरा तथा प्रवत्तामा नरेन्द्र धामी छन् । राप्रपाको सदस्यमा धन

दुहुँ–५ उपनिर्वाचन : काँग्रेस, एमाले र माओवादीबाट कुँवर, बडाल र कार्की उम्मेदवार

दार्चुला : दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । यसअघि काँग्रेस र एमालेले अध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएकोमा बुधवार माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाएको हो । दुहुँ गाउँपालिका–५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले धन बहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले मान सिंह बडाललाई उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दार्चुलाको अध्यक्षमा नवीन जोशी

दार्चुला : दार्चुलामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठनको अधिबेशन गरिएको छ । कात्तिक २४ गते सम्पन्न अधिबेशनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दार्चुलाको अध्यक्षमा नवीन जोशीलाई चयन गरेको छ । संगठनको उपाध्यक्षमा सरोज बिष्ट र पारस टमटा चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अशोक सिंह सम्राट, हिमाल शाही लगायतका नेता कार्यकर्ताको उपस्थितिमा युवा संगठनको नेतृत्व चयन गरिएको हो । सचिव र कोषाध्यक्ष पार्टीले चयन गर्ने

कार्यकर्तामा जाँगरण ल्याउन सय दिने विशेष अभियान : केन्द्रीय सदस्य खातुन

दार्चुला : नेपाली काँग्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले कार्यकर्तामा जाँगरण ल्याउन सय दिने विशेष अभियानको थालनी गरिएको बताउनुभएको छ । सय दिने अभियान अन्तर्गत दार्चुला जिल्लामा खटिएकी केन्द्रीय सदस्य खातुनले यो अभियानले पार्टीका गतिविधि चलायमान बनाउने र कार्यकर्तामा जाँगरण ल्याउने बताउनुभयो । आइतवार नेपाली काँग्रेस दार्चुलाद्धारा आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै केन्द्रीय सदस्य खातुनले काँग्रेस विभिन्न समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकोमा यस पालिका कार्यकर्तामा जाँगरण ल्याउन र पार्टीका

काँग्रेसको सय दिने अभियान : यी हुन पालिकामा खटाइएका प्रतिनिधिहरु

दार्चुला : काँग्रेसको सय दिने विशेष अभियान अन्तर्गत दार्चुलाका ९ वटै स्थानीय तहमा प्रतिनिधि खटाइएको छ । केन्द्रीय सदस्यदेखि लिएर जिल्ला तहका नेताहरुलाई जिम्मेवारीसहित स्थानीय पालिकामा खटाइएको नेपाली काँग्रेस काँग्रेस दार्चुलाले जनाएको छ । जिल्लाको व्याँस गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति मान सिंह बुढाथोकी, महासमिति सदस्य शान्ति बम, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर १ सचिव हरि जोशी, नेविसंघका केन्द्रीय सदस्य नविन जोशी र जिल्ला कार्य समितिका

दार्चुलामा काँग्रेसको सय दिने विशेष अभियान सुरु

दार्चुला : दार्चुलामा नेपाली काँग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा विस्तारित बैठक बस्दै कात्तिक २३ गतेदेखि काँग्रेसको सय दिने अभियान सुरु गरिएको नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । दार्चुलामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले शुक्रवार एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरेका हुन् । नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराको