माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिए : केन्द्रीय सदस्य जोशी
दार्चुला : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज लक्ष्मण दत्त जोशीले माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिएको बताएका छन् । बुधवार दार्चुला सदरमुकाम खलंगामा पत्रकार भेटघाट गर्दै केन्द्रीय सदस्य जोशीले जिल्लाको सन्तुलित विकासका लागि माओवादीले थुप्रै काम गरेको भएपनि जस पाउन नसकेको बताएका हुन् । उनले भने– ‘हामीले गर्दै जाने हो, जनताले बुझिहाल्छन् भन्ने सोच्यौ । सामाजिक सञ्जालबाजी पनि गरेनौ, संचार जगतसम्म पनि समन्वय भएन् त्यसैले