दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताकाे मध्य चमेलिया जलविद्युत् आयाेजनाकाे शिलान्यास गरिएकाे छ । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिवार एक कार्यक्रमका बीच शिलान्यास भएको हाे । मार्मा गाउँपालिका-२ लाम्बगरमा रहने जलविद्युत्काे ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले शिलान्यास गरेका हुन् । जलविद्युत् आयाेजनाकाे ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयाेजनाकाे लागत ६ अर्ब