दार्चुलामा ७ हजार २६४ किशोरीलाई एचपीभी खोप दिइने
दार्चुला : दार्चुलामा ७ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तर्गत जिल्लाभरीका ७ हजार २६४ किशोरीलाई खोप दिइन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय दार्चुलाले सञ्चालन गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र कुनै कारण विद्यालय