विशेष

महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला : महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकाको शिक्षा योजना निर्माणका लागि पालिकाको कार्यदलसहित सरोकारवालाहरुका लागि Calibration Toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाको शिक्षा समिति, कार्यदल, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन

व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालकलाई चोट

दार्चुला : व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । सोमवार राती व्याँस गाउँपालिका–३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटना हुँदा चालक बिर सिंह डडाल घाइते भएका छन् । गल्था बस्ने एम्बुलेन्स चालक आफ्नो घर जाने बेला उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षति भएको छ । चालक डडालको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचार र

मौनता

✍️अमित जोशी मौनतामा उसले धेरै कुरा भन्न खोजी,मैले सुन्ने रहर देखाउन खोजे ।उसको ओठमा थर्थराहट थियो, तर शब्द थिएनन्,मेरो हृदयमा तृष्णा थियो, तर सामर्थ्य थिएन। उसले मौनतामा आँखाको भाषा बोल्थी,म अलमलमा हराएर अर्थ खोज्थें खोल्दै,केही दूरीमा उभिएका थियौं हामी,तर मौनताले बिस्तारै जोड्दै थियो हामीलाई। कसैले केही बोलेन, तर धेरै कुरा भनिसकियो,मौनताको आवाजले मनलाई स्पर्श गरिसकियो।हामी बीचको यो खामोशीको कडीले,मायाको डोरी मजबुत बनाइराखेको थियो भनी। तर त्यही मौनतामा कतै एक डर

‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित भए प्रहरी जवान खरेल

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ । मंसिर महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको आर्थिक प्रशासन शाखा दरबन्दीका प्रहरी जवान बिशाल खरेल रहेका छन् । खरेलले भन्सार छली, चोरी पठारी लगायतका समान बरामद गरी उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको, सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गरी लुकीछिपी बसेकालाई पक्राउ गरेको र जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित

दार्चुलामा नेविसंघले सुरु गर्‍यो सदस्यता वितरण तथा सुझाव संकलन अभियान

दार्चुला : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दार्चुलामा पनि सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरेको छ । १२ औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान देशभर संचालन गरिरहेको हो । दार्चुलामा आइतवारबाट सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरिएको नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश राज भट्टले जानकारी दिए । आसन्न १२ औँ महाधिवेशनलाई मध्यनजर गर्दै नेविसंघ दार्चुलाले सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस खलंगाबाट सदस्यता वितरण तथा

राप्रपाको दार्चुलामा बिरोध तथा खबरदारी कार्यक्रम

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दार्चुलामा बिरोध तथा खबरदारी कार्यक्रम गरेको छ । भ्रष्ट्राचार बेथिति अन्याय अत्याचार लगायत विषयमा राप्रपाले बिरोध तथा खबरदारी सभाको आयोजना गरी कार्यक्रम गरेको हो । आइतवार राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीको नेतृत्वमा जिल्लामा राप्रपाले बिरोध तथा खबरदारी कार्यक्रम आयोजना गरेको प्रवत्ता नरेन्द्र सिंह धामीले जानकारी दिए । बिरोध तथा खबरदारी सभा कार्यक्रमलाई अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष कृष्ण बहादुर कुवर, उपाध्यक्ष चक्र बम, पार्टीका प्रवत्ता

सीआरडीएस नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला : गैरसरकारी संस्था सामुदायिक ग्रामिण विकास समाज नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आइतवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आफ्नो कार्य क्षेत्रका गतिविधिसहित सन २०२४ भित्र भए गरेका कार्यक्रम तथा बजेट बारे सरोकारवालाहरुको सहभागितामा सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो । दार्चुलाको दुहुँ गाउँपालिका, महाकाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेको सीआरडीएस नेपालले संस्थाको परिकल्पना, समन्वय र सहकार्यमा गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा

मालिकार्जुन गाउँपालिका–१ बालविवाहमुक्त वडा घोषणा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पालिकाको पाँचौ वडाका रुपमा वडा नम्बर १ लाई शुक्रवार एक कार्यक्रका बीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो समय बालविवाह हुनै छोडेपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराले बताए । मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति, २०७६ (परिमार्जित २०८०) लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स

प्याब्सन दार्चुलाको अध्यक्षमा रैखोला

दार्चुला : निजी विद्यालयहरुको साँझा संगठन प्याब्सन दार्चुलाको अध्यक्षमा बिक्रम सिंह रैखोला चयन भएका छन् ।न्युमोडर्न स्कुल गल्फैका प्रीन्सिपल रहेका रैखोला प्याब्सन दार्चुलाको छैटौं जिल्ला अधिबेशनबाट बिहिवार अध्यक्षमा चयन भएका हुन् । छैटौं जिल्ला अधिवेशन प्याब्सन दार्चुलाका निवर्तमान अध्यक्ष प्रवेशप्रताप ऐतवालको अध्यक्षता, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष समरजङ बहादुर चन्दको प्रमुख आतिथ्यता एवं कोषाध्यक्ष भवान सिंह बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । छैटौं अधिवेशनबाट बिक्रम सिंह रैखोलाको अध्यक्षतामा ७ सदस्यीय

दार्चुलामा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दार्चुला : दार्चुलामा ९ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका-४ देवधुरास्थित भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहिवार राति ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १३ हजार ७ सय ७५ रुपैयाँ नगद र २ गड्डी