केन्द्रीय सरकारलाई व्याँस गाउँपालिकाका तीन ज्ञापन
दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले केन्द्रीय सरकारलाई तीन वटा ज्ञापन बुझाएको छ । बिहीवार गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई व्याँसको समस्या समाधानका लागि ज्ञापन बुझाएका हुन् । .परराष्ट्र मन्त्रालयलाई व्याँस गाउँपालिका–१ छाङरु र तिंकर गाउँ जान त्यहाँका स्थानीयहरुलाई नेपालतर्फ बाटो नभएकाले भारतको बाटो प्रयोग गर्न दिई बैशाखदेखि कात्तिक मसान्तसम्मका