निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण
दार्चुला : निजामती सेवा दिवस २०८१ का अवसरमा वृक्षारोपण गरिएको छ । जिल्ला मूल समारोह समिति दार्चुलाको आयोजनामा शुक्रवार महाकाली नगरपालिका–५ स्थित मालिकार्जुन मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।दिवस मनाउने क्रममा दोस्रो दिनको कार्यक्रम अन्तर्गत वृक्षारोपण गरि मनाइएको हो । बिहीवार जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद, आधिकारीक ट्रेड युनियन दार्चुलाका अध्यक्ष