दार्चुलाको टिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौ : गृहमन्त्री लेखक
दार्चुला : दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्याँस गाउँपालिका -१ स्थित टिंकर क्षेत्रमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले बताए । काठमाडौंमा सोमवार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक