समाचार

मालिकार्जुनमा परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरेको छ । पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरिएको हो । फागुन २५ गतेबाट सञ्चालन भई चैत ४ गते सम्पन्न भएको पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको मालिकार्जुन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकन्द्र सिंह धामीले जानकारी दिए । मालिकार्जुन गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८

हत्या गरि फरार रहेका बैतडीका विष्ट दार्चुलाको दत्तुबाट पक्राउ

दार्चुला : बन्दुकको गोलीले भाईको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्ण बहादुर विष्टलाई दार्चुलाबाट प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट विष्टलाई शुक्रवार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलिले भारत संग सीमा जोडिएको दत्तुबाट फरार विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । गत शनिवार

‘टिंकर’ सडकमा ५ करोड बजेट निकासा

दार्चुला : नेपाली सेनाद्धारा निर्माण भइरहेको महाकाली कोरीडोरअन्तर्गतको तुषरपानी–कोठेधार–टिंकर सडकमा ५ करोड बजेट थप भएको छ । अर्थ मन्त्रालयले ५ करोड बजेट निकासा गरेको हो । सडक निर्माण तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाट ५ करोड निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । भैपरि आउने विकास कार्यक्रमको बजेट र पुँजीगत बजेटको खर्चबाट रकम रकमान्तर गरिएको हो । सेनाद्धारा निर्माण भइरहेको तुषरपानी–टिंकर सडकका लागि चालू आर्थिक वर्षमा ९ करोड बजेट

भारतको धारचुला नजाङ्गमा पहिरो खस्दा दार्चुलाका एक मजदुरको मत्यु, ५ घाइते

दार्चुला : भारतको धारचुलास्थित नजाङ्गमा पहिरो जाँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । नजाङ्गमा पहिरोले पुरिएर दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोष सिंह ठगुन्नाको मृत्यु भएको हो । शनिवार दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुलाको नौगाड गाउँपालिका–६ का गणेश सिंह ठगुन्ना, बिरेन्द्र सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम

भूमि समस्या समाधान आयोग दार्चुलाको जिल्लास्तरीय अभिमुखीकरण

दार्चुला : दार्चुलामा भूमि समस्या समाधान आयोगले जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । शुक्रवार भूमि समस्या समाधान आयोग दार्चुलाको आयोजनामा केन्द्रीय सदस्य गोवद्र्धन कोलीको उपस्थितिमा अभिमुखीकरण कार्यक्रकम गरिएको हो । जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका प्राविधिक, भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा भूमि

अनेरास्ववियुको जिल्लाभरी प्रतिभा पहिचान र विद्यार्थी जाँगरण अभियान

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले तीन महिना जिल्लाभरी प्रतिभा पहिचान र विद्यार्थी जाँगरण अभियान सञ्चालन गरेको छ । गत मंसिर महिनादेखि सुरु गरिएको दुहुँ–लेकम–मार्मा विद्यार्थी जाँगरण तथा प्रतिभा पहिचान अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका विद्यालयमा अनेरास्ववियुले कार्यक्रम गरेको हो । विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यअनुरुप जिल्लाका ६१ विद्यालयका विद्यार्थीमाँझ कार्यक्रम गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अभियानको पहिलो चरणअन्तर्गत ‘सामाजिक सञ्जालको

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले

महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ठगुन्नालाई

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नालाई दिइएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार महाकाली नगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतमा ठगुन्नालाई जिम्मेवारी दिएको हो । मन्त्रालयले यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गर्दै आएका अधिकृत छैटौं नर सिंह बडालको जिम्मेवारी रद्द गरेको थियो ।बरिस्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त भई कार्य प्रदान गरेको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी

महाकाली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र माविको कब्जा

दार्चुला : महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगाले कब्जा जमाएको छ । महाकाली नगरपालिका–४ खलंगामा अवस्थित महेन्द्र माविले पछिल्लो तीन वर्ष लगातार उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । शुक्रवार सम्पन्न पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित महेन्द्र मावि खंलगा प्रथम भयो । यस्तै प्रतियोगितामा ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित मालिकार्जुन नमुना मावि

कर्मचारी संगठन दार्चुलाको अध्यक्षमा पुनः धामी चयन

दार्चुला : नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलवार नेतृत्व चयन गर्दै १० औं अधिबेशन सम्पन्न भएको हो । राजेन्द्र सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ । धामीको यो दोस्रो कार्यकाल हो । यस्तै संगठनको उपाध्यक्षमा मदन सिंह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की, सचिवमा कर्ण बहादुर खत्री, सह-सचिव मोहन सिंह धामी र कोषाध्यक्षमा धन बहादुर लोहार चयन भएका छन्