दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एकको मृत्यु
दार्चुला : दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार बिहान १० बजेतिर नौगाड गाउँपालिका–१ लक्सेरीका ५३ वर्षीय जय सिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक चलाउँदा धङ्केको गोली लागी मृत्यु भएको हो ।धङ्केको टाउँकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको