दार्चुला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण
दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको दार्चुला जिल्ला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । मंगलवार दार्चुला जिल्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बिक्रम सिंह धामी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक जोशी र मेडिकल सुपरिटेन्डेन्ट सन्जीव श्रेष्ठले प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र सचिव चक्रपाणी पाण्डेलाई भेटि अस्पतालको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । जिल्ला अस्पताल दार्चुलाले अस्थायी संरचनामा सेवा दिइरहेको छ । अस्पतालसँग अहिले बिरामीको चाप अनुसारको