मनोरञ्जन

‘घडी हातैमा’ बोलको गीत सार्वजनिक

दार्चुला : उपेन्द्र सिंह ठगुन्नाको लय स्वर, शब्द र सिर्जना रहेको ‘घडी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वयम् ठगुन्ना, केशव धामी र सन्तोष लुहारको स्वर छ । लोकदोहोरी गीतको भिडिओमा जोन बम र मोडेल आयुस्मा कार्कीको अभिनय रहेको छ । गीतको भिडिओ खिचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण ठगुन्नाको प्रायोजन रहेको उक्त गीतमा दुई प्रेमीको माया प्रेमको गहिरो भाव सँगै भेट्ने इच्छालाई व्यक्त गरिएको

संञ्चारकर्मी विजयले ल्याए ‘तिमीसँग छुट्नु परे’ बोलको गीत

काठमाडौं : हाँस्य टेलीसिरीयल ‘नसानाडी’ का निर्देशक, कथा लेखक, कलाकार विजय जोशीले तिमीसँग छुट्नु परे बोलको आधुनिक गीत बजारमा ल्याएका छन् । यसमा चर्चित गायक बसन्त साधकले आवाज दिएका छन् । कैलालीको अत्तरियामा रहेको साधना रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत सोमवार साँझ देउराली क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतका शब्द बिजयले लेखेका हुन् भने संगीत संयोजन साधकले गरेका छन् । गोबिन्द सोनीले मिक्सिङ र मास्टरिङ गरेका हुन्

एफक्युबमा मध्यरातमा दर्शकसँग पल शाहको भेट

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गरेका छन्। प्रदर्शनको छैटौं दिन मङ्गलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गरेका हुन्। दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र नेपाल वितरक रोहित कट्टेल हल पुगेका थिए। दर्शकसँगको भेटमा पलले नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गरेका थिए।

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको

रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’

आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु

बेलायत उत्रिए नेपाल आइडल विजेता

कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

५२ बर्षमा साहरुख, जान्नुहोस् उनको जीवनका १० किस्सा

बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् । साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

१५ कात्तिक, काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी