राजनीति

काँग्रेस दार्चुला प्रदेशसभा-१ को क्षेत्रीय सम्मेलन विविध निर्णय गर्दै सम्पन्न

दार्चुला : नेपाली काँग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न्न भएको छ । आइतवारदेखि सुरु भएको प्रदेश सभा क्षेत्रीय सम्मेलन विभिन्न निर्णय गर्दै सोमवार सम्पन्न भएको हो । क्षेत्रीय सम्मेलन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति गोपाल सिंह कार्कीको अध्यक्षता जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख एवं काँग्रेस दार्चुलाका उपसभापति महादेव बडूको प्रमुख आतिथ्यता र नेपाली काँग्रेसका नेता एवं प्रशिक्षण विभागका सदस्य प्रमोदहरी गुरागाईको

उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौँ । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन् । मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सत्ता

टिंकर सडकमा बजेट थप र ब्याँसमा अध्यागमन कार्यालय स्थापनाका लागि पहलकदमी

दार्चुला : दार्चुला जिल्लाको समग्र विकासका लागि यहाँका राजनीतिक नेतृत्व एक ठाउँमा उभिएका छन् । पछिल्लो केहि दिनदेखि मुख्य तीन ठूला दलका नेता तथा कार्यकर्ताहरु दार्चुलाको विकासका निम्ति काठमाडौँ केन्द्रीत छन् । गत साउन ३२ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं

आठ बुद्धे माग राख्दै रास्वपाले बुझायो प्रशासनलाई ज्ञापन

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक गोपाल सिंह कोट्टारी र सचिव भान सिंह धामीद्वारा हस्ताक्षरीत ज्ञापनपत्र आइतवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई बुझाइएको हो ।रास्वपाले बुझाएको ज्ञापन पत्रमा जिल्लामा हुने जघन्य अपराधिक घटनाको तत्कालै सर्वदलिय बैठक राख्नुपर्ने र सो विषयमा समीक्षा गर्नुपर्ने छ । यस्तै जिल्ला भरिका स्थानीय तहमा भइरहेको बेथिती रोक्न

दार्चुलाका जोशी एमाले केन्द्रीय कमिटी सदस्य मनोनित

दार्चुला : दार्चुलाका एमाले नेता हरदेव जोशी केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा (एमाले)को बिहीबार बसेको सचिवालय बैठकले जोशीसहित १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा थप्ने निर्णय गरेको हो । जोशी गत प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । यस्तै, दार्चुलाकै गणेशसिंह धामी एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।

एमाले जिल्ला कमिटि सदस्य कुँवर काँग्रेस प्रवेश

दार्चुला : नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा सक्रिय कुँवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् । साथै उनले काँग्रेसमा आफू नि:स्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको औल्याए ।

दार्चुला एमालेका नेताकार्यकर्ताको प्रधानमन्त्री ओलीलाई ८ बुद्धे मागसहितको ज्ञापनपत्र

दार्चुला : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलाका एमाले नेताकार्यकर्ताले जिल्लाको विकासका लागि ८ बुद्धे ज्ञापनपत्र बुझाएका छन् । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अध्यक्ष ओलीसंग सोमवार भेटेर ८ बुद्धे मागसहितको ज्ञापन बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरिएको जनाएका छन् । उनीहरुले बुझाएको माग पत्रमा दार्चुला टिंकर

काँग्रेस दार्चुलाले गर्‍यो उपसभापति पदपूर्ति, भातृसंघहरु चलायमान बनाइने

दार्चुला : नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले रिक्त रहेको उपसभापति पदपूर्ति गरेको छ । दार्चुला काँग्रेसको साउन १२ गतेदेखि चलेको बिस्तारित बैठकले उपसभापति पद पूर्ति गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको उपसभापतिमा मानसिंह बुढाथोकीलाई मनोनित गरिएको सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । १४ औँ महाधिवेशनबाट निर्वाचित भएका उपसभापति ललित सिंह ठगुन्ना पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्रमा गएपछि उपसभापति पद रिक्त थियो । ४२ सदस्यीय जिल्ला

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन्। विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो। त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए। आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ। अब संघीय संसद सचिवालयले

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए। गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर