विशेष

‘घडी हातैमा’ बोलको गीत सार्वजनिक

दार्चुला : उपेन्द्र सिंह ठगुन्नाको लय स्वर, शब्द र सिर्जना रहेको ‘घडी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वयम् ठगुन्ना, केशव धामी र सन्तोष लुहारको स्वर छ । लोकदोहोरी गीतको भिडिओमा जोन बम र मोडेल आयुस्मा कार्कीको अभिनय रहेको छ । गीतको भिडिओ खिचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण ठगुन्नाको प्रायोजन रहेको उक्त गीतमा दुई प्रेमीको माया प्रेमको गहिरो भाव सँगै भेट्ने इच्छालाई व्यक्त गरिएको

गोकुलेश्वर बहुमुखीको स्ववियु अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा नेविसंघका उम्मेदवार भन्दा ३ मत बढी ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका डाँगाले १ सय ५ मत ल्याएर विजयी हुँदा नेविसंघका नरेश बिष्टले १ सय २ मत ल्याए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका नवराज भट्टले १ सय २५ मत ल्याएर बिजयी भए । स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको थियो

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका प्रकाश बडू निर्वाचित भएका छन् । बडूले २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्वार अनिल चन्द्र जोशीले २० मत पाए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत

दार्चुलामा आप्रवासी स्रोत केन्द्र स्थापना

दार्चुला : दार्चुलामा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो । शुक्रवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरे । सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा, पौडेल आउँदै

दार्चुला : दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा गरेको हो । २०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको १२ महिना पछि गृह मन्त्रालय सरुवा भएको छ । जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ । जोशी आगामी जेठमा सेवा निवृत समेत हुँदैछन्

गणतन्त्रवादी अन्य दलहरुलाई पूर्वमन्त्री ठगुन्नाले भने– ‘वितृष्णा हटाउन एमालेजस्तै काम गरिदिनुस्’

दार्चुला : नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले व्यवस्थामाथि प्रश्न उठ्ने काम एमालेको कारणले नभएको बताएका छन् । सोमवार दार्चुला सदरमुकाममा गणतन्तको रक्षा, विकास र अराजक गलत प्रवृतिको विरुद्धमा नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ठगुन्नाले एमाले बाहेकका पार्टीहरु देश र जनताप्रति जिम्मेवार नहुँदा व्यवस्थामाथि प्रश्न उठ्ने काम भइरहेको बताएका हुन् । लोकतन्त्र पछाडि एमाले बाहेक अरु पार्टीले दार्चुलामा केहि काम नगरेको ठगुन्नाको भनाई

अपिहिमालमा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि प्रधानाध्यापकलाई तालिम

दार्चुला : अपिहिमाल गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम सञ्चालन गरिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका निम्ति तालिम सञ्चालन गरिएको हो । एकिकृत विद्यालय दिवाखाजा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाई कार्यक्रममा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका लागि अपिहिमाल गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) दार्चुलाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए । आइतवार एक

जीपबाट खसेका सामन्तको उपचारका क्रममा मृत्यु

दार्चुला : दार्चुलामा जीपबाट खसेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार महाकाली नगरपालिका-९ स्थित दत्तु-थाप्ला सडक खण्डमा खलंगादेखि थाप्ला जादै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९६ नम्बरको जीपबाट खसेर महाकाली नगरपालिका-९ थाप्ला बस्ने अन्दाजी ३९ वर्षीय बिक्रम सिंह सामन्तको उपचारका क्रममा भारतको पिथौरागढमा मृत्यु भएको हो । मंगलवार साँझ ५ बजेतिर जीपको ढोका खुल्दा खसेर गम्भीर घाइते भएका सामन्तको

स्ववियु निर्वाचन : दार्चुलाका दुई क्याम्पसमा संघ, संगठन दर्ता

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दार्चुलाका दुई क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ता भएका छन् । आसन्न चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ता भएका हुन् । जिल्ला सदरमुकामस्थितको दार्चुला बहुमुखी क्याम्पसमा चार विद्यार्थी संघ/संगठनले दर्ता गराएका छन भने गाकुलेश्वर बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठन र

गोकुलेश्वर बजारको फोहर व्यवस्थापन गरिदै

दार्चुला : अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बनेको गोकुलेश्वर बजारको फोहरलाई व्यवस्थापन थालिएको छ । शैल्यशिखर नगरपालिकाले शनिवारबाट बजार क्षेत्रको फोहर व्यवस्थापन गरिरहेको हो । लामो समयसम्म डम्पिङ साइटको अभावले उठाउन नसकिएको फोहोर शनिवारबाट उठाउन लागिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले जानकारी दिए । नगरपालिकाले २० जना कामदार परिचालन गरी बजार क्षेत्रको फोहर व्यवस्थापन गरिरहेको उनले बताए । गाँजरीमा डम्पिङसाइटको प्रबन्ध गरी फोहर फाल्ने काम भइरहेको छ । नगर