विशेष

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु शैल्यशिखरमा, दोश्रोमा छिमेकी डिलाशैनी

दार्चुला । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु दार्चुलाको शैल्यशिखर नगरपालिकाको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ। यस्तै, शैल्यशिखर नगरपालिकाको छिमेकी गाउँपालिका बैतडीमा रहेको डिलाशैनी गाउँपालिका बढी बेरूजुमा सुदूरपश्चिमकै दोश्रो स्थानमा रहेको छ। डिलाशैनीको बेरुजु ७.६२ प्रतिशत रहेको छ।

सांसद बडूको प्रश्न– महाकाली कोरिडोर किन सरकारको प्राथमिकतामा परेन ?

दार्चुला : दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले महाकाली कोरिडोर सरकारको प्राथमिकतामा किन परेन भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफलका क्रममा सोमवार सांसद बडूले महाकाली कोरिडोरमा न्युन बजेट छुट्याइएको भन्दै प्राथमिकतामा नपर्नुको कारण सोधेका हुन् । उनले महाकाली कोरिडोर र यसअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डमा बजेट विनियोजनबारे अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई प्रश्न गरेका छन् । दक्षिणमा कञ्चनपुरको दोधरा–चादनी सुख्खा बन्दरगाह जोड्ने र उत्तरमा पवित्र

दार्चुला प्रशासन : सेवाग्राहीका लागि छुट्टै ईमेल, भाइबर र ह्वाट्सएप

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवाग्राहीका लागि छुट्टै नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याइएको प्रशासनले जनाएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीले साथमा लिन बिर्सेको तथा छुटेका कागजातहरु ईमेल, भाइबर र ह्वाट्सएपमार्फत पठाउन सकिने जनाएको छ । प्रशासनले सेवाग्राहीका लागि [email protected] नामक ईमेल आइडी, ९८४८८४४१२० नम्बरको ह्वाट्सएप र भाइबर

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान

कैलाली : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाई सम्मान गरेको छ । शनिवार धनगढीस्थित होटल रुबसमा आयोजित एक समारोहका बीच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआरमार्फत आफ्नो संस्थामा कारोबार गरी डिजिटल बैंकिङ प्रणालीलाई प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडका व्यवस्थापक हरी बस्नेत र धनगढी टायर हाउसका प्रोप्राइटर ईश्वर खड्काले बिगत

यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन्। दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ। तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो। यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर

आजदेखि टी–२० विश्वकप क्रिकेट

काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन्। आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ। डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ। त्यस्तै, दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन्। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज

दार्चुलामा यार्सा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका-३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार कार्कीको मृत्यु भएको अपिहिमालका स्थानीय शोवन सिंह लोथ्यालले जानकारी दिए । यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन्। गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन्। उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए। गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल

पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]

काठमाडौं । अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो। यस जङ्गलमा प्रायः मोटो बाँसहरु हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ। तस्बिरः श्याम श्रेष्ठ

सहकारी प्रकरणमा बनेको संसदीय छानबिन समितिले आइतबारदेखि काम थाल्ने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ। सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताए। संसदीय समितिका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए। उनले भने, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ। सम्भवतः हामी आइतबारदेखि