‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन्। जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरु चुप लागेर नबस्ने बताएका हुन्। उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नुप¥यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनुपर्यो। कि सडेगलेको व्यवस्था स्वीकार्नु