विशेष

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताकाे मध्य चमेलिया जलविद्युत् आयाेजनाकाे शिलान्यास गरिएकाे छ । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिवार एक कार्यक्रमका बीच शिलान्यास भएको हाे । मार्मा गाउँपालिका-२ लाम्बगरमा रहने जलविद्युत्‌काे ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले शिलान्यास गरेका हुन् । जलविद्युत् आयाेजनाकाे ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयाेजनाकाे लागत ६ अर्ब

नेल्टाको दार्चुलामा पहिलो जिल्ला सम्मेलन, साउँदको अध्यक्षतामा समिति गठन

दार्चुला : दार्चुलामा अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) गठन गरिएको छ । शुक्रवार दार्चुला सदरमुकाम खलंगामा बसेको पहिलो जिल्ला सम्मेलनबाट कृष्ण सिंह साउँदको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । कार्य समितिको उपाध्यक्षमा शंकर सिंह धामी, सचिव दिनेश मल्ल, सहसचिव डबल सिंह ऐरी, कोषाध्यक्षमा तुलसी खत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण सिंह सामन्त, केशव दत्त जोशी, दिनेश सिंह धामी, खडक सिंह कार्की, कृष्णा पन्त, हिक्मत

दार्चुला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको दार्चुला जिल्ला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । मंगलवार दार्चुला जिल्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बिक्रम सिंह धामी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक जोशी र मेडिकल सुपरिटेन्डेन्ट सन्जीव श्रेष्ठले प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र सचिव चक्रपाणी पाण्डेलाई भेटि अस्पतालको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । जिल्ला अस्पताल दार्चुलाले अस्थायी संरचनामा सेवा दिइरहेको छ । अस्पतालसँग अहिले बिरामीको चाप अनुसारको

सेनाले निर्माण गरिरहेको सडकको ट्याक खुलेसँगै ३ किलोमिटरमा गाडी गुड्यो

दार्चुुला : सेनाले निर्माण गरिरहेको (तुषरपानी–तिंकर) सडकको ३ किलोमिटरमा गाडी गुडेको छ । जीरो प्वाइन्ट सडकबाट तीन किलोमिटरसम्मको ट्याक खोलिएपछि सेनाले शुक्रवार आफ्नो गाडी गुडाएको हो । कडा चटटनी भूभाग रहेको तुषरपानी सडकखण्डको ट्याक खोलेर ब्याँस गाउँपालिका–२ मालगाउँसम्म सडक बिस्तार गरिएको नेपाली सेनाको विकास निर्माण कार्य दल गण २ ले जनाएको छ । मालगाउँसम्म सडकको स्तरोन्नती गरि शुक्रवार पहिलो पटक नेपाली सेनाको गाडी त्यहाँ पुगेको हो । ट्याक्टर र गाडी

‘०८५ बैशाखदेखि आधारभूत तह पूरा नगरेकाहरु सेवाबाट बन्चित हुने’

दार्चुला : २०८५ बैशाख १ गतेदेखि आधारभूत तह (१–८) सम्मको विद्यालय शिक्षा पूरा नगरेकाहरुलाई सरकारी तथा अन्य अरु सेवाहरुबाट बन्चित गराइने भएको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले सो प्रावधान ल्याएको हो । यो ऐनले उमेर समूहका बालबालिकालाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पूरा गर्ने बाध्यकारी व्यवस्था गरेको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन,

भूमी समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुको पदभार ग्रहण

दार्चुला : भूमि समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधवार भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले एक कार्यक्रमका बीच सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त विज्ञ सदस्य संगिता बम, महिला सदस्य कमला विष्ट र सदस्य नारायण दत्त भट्टलाई सपथ ग्रहण गराइएको हो । माघ २५ गते उनीहरु नियुक्त गरिएका थिए । सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका सदस्य खडक सिंह धामी,

‘जनयुद्ध’ दिवसमा दार्चुलाको नौगाडमा आज सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बिहीवार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो : भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

दुहुँ गाउँपालिकाको ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । पालिकाको विशेष अनुदान अन्तरगत ३५ लाख बजेटबाट वडा नम्बर ३ को कार्यालयसम्म सडक निर्माण गरिएको हो । चालू आर्थिक वर्षको विशेष अनुदान ३५ लाख बजेटबाट महाकाली कोरिडोर सडकको सल्याडीमोडबाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको गाउँपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ३ का अध्यक्ष देव बहादुर बमले जानकारी दिए । ५ वडा रहेको