मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु
दार्चुला : मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भएका अवस्थीको भारतमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उद्यम