महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न
दार्चुला : महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकाको शिक्षा योजना निर्माणका लागि पालिकाको कार्यदलसहित सरोकारवालाहरुका लागि Calibration Toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाको शिक्षा समिति, कार्यदल, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन