शिक्षा

दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए। अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१

फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय

विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने

वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म/अर्थ/मोक्ष प्राप्त गर्ने तरिका

महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा

कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा