सुदूरपश्चिमका डीआईजी चन्दद्वारा दार्चुलाको निरीक्षण भ्रमण
दार्चुला : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले दार्चुलाको निरीक्षण भ्रमण गर्नुभएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय दार्चुलाको निर्माणाधीन भवन अवलोकनका साथै जिल्लाको शान्ति, सुरक्षा एवं समग्र वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यस्तै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई आवश्यक विभागिय नीति निर्देशन दिइएको बताइएको छ । डीआईजी चन्दलाई










