समाचार

दार्चुला एमालेका नेताकार्यकर्ताको प्रधानमन्त्री ओलीलाई ८ बुद्धे मागसहितको ज्ञापनपत्र

दार्चुला : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलाका एमाले नेताकार्यकर्ताले जिल्लाको विकासका लागि ८ बुद्धे ज्ञापनपत्र बुझाएका छन् । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अध्यक्ष ओलीसंग सोमवार भेटेर ८ बुद्धे मागसहितको ज्ञापन बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरिएको जनाएका छन् । उनीहरुले बुझाएको माग पत्रमा दार्चुला टिंकर

पूर्वमन्त्री बडूद्धारा कभर्ड हलको निरीक्षण

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको जीर्ण कभर्डहलको पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले निरीक्षण गर्नुभएको छ । कभर्डहलको पुनः निर्माणका विषयमा सोमवार पूर्वमन्त्री बडूले अनुगमन निरीक्षण गर्नुभएको हो । खुलामन्चको छेउमा रहेको कभर्डहल २०७० सालमा महाकाली नदीमा आएको बाढीले आधा बगाएको थियो । सो वर्षबाट जीर्ण अवस्थामा उक्त कभर्ड हल छ । यसअघि पूर्वमन्त्री बडूले सांसद विकास कोष मार्फत भएपनि कभर्डहल पुनः निर्माणका लागि १

सरोकारवाला निकायले चाँसो नदेखाएपछि निर्माण व्यसायी संघले अवरुद्ध सडक खुलाउँदै

दार्चुला : सरोकारवाला निकायले अवरुद्ध सडक खुलाउन चाँसो नदेखाएपछि निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षको पहलमा किम्तडीस्थित पिपलधारको पहिरो पन्छाउने कार्य भइरहेको छ । स्थानीय सरकार, सडक डिभिजन बैतडी र प्रशासनले सडक खुलाउन चाँसो नदिदा आफूले जेसीबी भाडामा लिएर दिउँसो ३ बजेबाट अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले बताए । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा माथिबाट पहिरो खस्दा शनिबार बिहान १० बजेबाट सडक अवरुद्ध छ

खलंगामा एक विद्यार्थीमाथि कुटपिट

दार्चुला : दार्चुला सदरमुकाम खलंगामा एक विद्यार्थीमाथि कुटपिट भएको छ । एसइई तयारीको लागि सदरमुकाम खलंगा आएका मार्मा गाउँपालिका-४ का निलम ठगुन्नामाथि केहि केटाहरुको समूहले कुटपिट गरेको हो ।शनिवार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक ठगुन्नामाथि कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए । चार/पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट गरि उनीहरु फरार भएका छन् ।घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार

मार्माका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । मार्मा गाउँपालिकाको समन्वयमा शुक्रवार अक्सफाम नेपालको आर्थिक सहयोगमा सिआरडिएस नेपाल दार्चुलाले बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । मार्माका बाढी पहिरो पीडित ३५ परिवारलाई खाद्य सामाग्रीसहित सेल्टर किट र हाईजिन किट लगायतका राहत सामाग्री वितरण गरिएको सामुदायिक ग्रामिण विकास समाज (सिआरडिएस) नेपाल दार्चुलाका कार्यकारी निर्देशक अशोक ओझाले जानकारी दिए । मार्मा गाउँपालिकाका

दार्चुला भन्सारद्वारा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । लक्ष्यको १७ प्रतिशत बढी राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । गत वर्ष कार्यालयले ५० लाख ७० हजार लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ राजस्व रकम संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९ सय ३५ बढी

सिवाईसीद्वारा महिलाहरुलाई वित्तीय साक्षरता र सीप विकास तालिम

दार्चुला : सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ पन्डोराका महिलाहरुलाई वित्तीय साक्षरताका साथसाथै कृषि व्यवसाय सम्बन्धी सीप विकास तालिम दिइएको हो । सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा शुक्रवार महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र मौसमी तथा बेमौसमी कृषि खेती सम्बन्धी प्राविधिक ज्ञान दिईएको शाखा प्रबन्धक जनक राज

दार्चुलामा २५ सय बढी सवारी साधन कारबाहीमा

दार्चुला : दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ सय बढी सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी १ हजार ५ सय ८ जीप, कारलाई कारबाही गरिएको छ । यस्तै १ सय १७ ट्रक, २१ बस,

एक बर्षमा ७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ। किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन्। किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै