समाचार

दार्चुलामा सशस्त्र प्रहरीद्वारा यात्रु प्रतिक्षालय निर्माण

दार्चुला : दार्चुलामा सशस्त्र प्रहरी बलले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । जिल्लाको महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहयोग तथा वडाको समन्वयमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो । २४ औँ सशस्त्र प्रहरीे दिवसको अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुस्थित महाकाली लोकमार्गको छेउँमै सीघ्र प्रभाव आयाेजनाअन्तर्गत यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्क राज

मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम

दार्चुला : महाकाली नगरपालिका–७ स्थितको मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमवार विद्यार्थीहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लास्थित सुरक्षा प्रमुख, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आत्म चेतना अभिवृद्धि, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्युनिकरण तथा नियन्त्रण र साईबर अपराध सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

महाकाली र शैल्यशिखरमा आँखा शिविर सञ्चालन हुने

दार्चुला : दार्चुलाका दुई स्थानीय तहमा आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली र दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन हुन लागेको हो । माघ ४ गतेदेखि माघ १० गतेसम्म दार्चुलामा आँखा शिविर सञ्चालन हुने आयोजक गेटा आँखा अस्पतालका डाक्टर सुरेश राज पन्तले जानकारी दिए । उनका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वरमा माघ ४ देखि माघ

दार्चुलाको लेकममा एक जनाको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-५ अंम्कुरका अन्दाजी ७८ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।शनिवार साझ दाउरा लिन भनी जंगलतिर गएका बोहराको छोडधारा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेश बोहराले जानकारी दिए । भीरबाट उनी करिव १५० मिटर तल खसेका थिए । बोहराको मृत्युले गाउँ नै शोकमग्न भएको छ । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज

दुहुँ गाउँपालिका–१ मा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

दार्चुला : दुहुँ गाउँपालिका–१ को श्री पिपलचौरी मावि विणमा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । दुहुँ गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाइको आयोजना, सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहजिकरणमा मावि विणमा बालक्लवका पदाधिकारी र बालबालिकाहरूका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० का विद्यार्थीहरु माझ कार्यक्रम गरिएको सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।

महाकाली लोकमार्गको किम्तडी ठण्याभीरमा अझै खुलेन सडक

दार्चुला : पुस १५ गते सडक निर्माणका क्रममा दार्चुलास्थित महाकाली नगरपालिका–५ किम्तडीको ठण्याभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन् । सडक चौडा गर्ने क्रममा खसेको पहिरो हटाउन नसक्दा चार दिनदेखि सवारी साधन चल्न सकेका छैनन् । यात्रुहरु भीरको जोखिमपूर्ण बाटो प्रयोग गरी वारपार गरिरहेका छन् । कडा चट्टानी भूभाग र साँघुरो सडक क्षेत्र भएकाले निर्माण कार्य लम्बिएको सडक निर्माण गरिरहेको कम्पनीले जनाएको छ । त्यस क्षेत्रमा रातीको समयमा पनि निर्माण

‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित भए प्रहरी जवान खरेल

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ । मंसिर महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको आर्थिक प्रशासन शाखा दरबन्दीका प्रहरी जवान बिशाल खरेल रहेका छन् । खरेलले भन्सार छली, चोरी पठारी लगायतका समान बरामद गरी उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको, सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गरी लुकीछिपी बसेकालाई पक्राउ गरेको र जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित

सीआरडीएस नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला : गैरसरकारी संस्था सामुदायिक ग्रामिण विकास समाज नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आइतवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आफ्नो कार्य क्षेत्रका गतिविधिसहित सन २०२४ भित्र भए गरेका कार्यक्रम तथा बजेट बारे सरोकारवालाहरुको सहभागितामा सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो । दार्चुलाको दुहुँ गाउँपालिका, महाकाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेको सीआरडीएस नेपालले संस्थाको परिकल्पना, समन्वय र सहकार्यमा गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा

मालिकार्जुन गाउँपालिका–१ बालविवाहमुक्त वडा घोषणा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पालिकाको पाँचौ वडाका रुपमा वडा नम्बर १ लाई शुक्रवार एक कार्यक्रका बीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो समय बालविवाह हुनै छोडेपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराले बताए । मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति, २०७६ (परिमार्जित २०८०) लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स

प्याब्सन दार्चुलाको अध्यक्षमा रैखोला

दार्चुला : निजी विद्यालयहरुको साँझा संगठन प्याब्सन दार्चुलाको अध्यक्षमा बिक्रम सिंह रैखोला चयन भएका छन् ।न्युमोडर्न स्कुल गल्फैका प्रीन्सिपल रहेका रैखोला प्याब्सन दार्चुलाको छैटौं जिल्ला अधिबेशनबाट बिहिवार अध्यक्षमा चयन भएका हुन् । छैटौं जिल्ला अधिवेशन प्याब्सन दार्चुलाका निवर्तमान अध्यक्ष प्रवेशप्रताप ऐतवालको अध्यक्षता, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष समरजङ बहादुर चन्दको प्रमुख आतिथ्यता एवं कोषाध्यक्ष भवान सिंह बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । छैटौं अधिवेशनबाट बिक्रम सिंह रैखोलाको अध्यक्षतामा ७ सदस्यीय