दार्चुलामा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ
दार्चुला : दार्चुलामा ९ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका-४ देवधुरास्थित भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहिवार राति ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १३ हजार ७ सय ७५ रुपैयाँ नगद र २ गड्डी