चालू आर्थिक वर्षमा दार्चुलामा ३२ लाख बढी भन्सार छलीको सामान बरामद
दार्चुला : दार्चुलामा चालू आर्थिक वर्षमा प्रहरीले ३२ लाख २० हजार ९९० मूल्य बराबरको भन्सार छलीको समान बरामद गरेको छ । चालू आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १५ गतेसम्मको तथ्यांक अनुसार प्रहरीले उक्त परिमाणको भन्सार छलीको समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन २४ गते महाकाली नगरपालिका–८ धापबाट १३ हजार मूल्य बराबरको भन्सार छलीको चप्पल, खाने तेल, पास्ता, चिनी र बगोडेने विषादी पाउडर बरामद गरिएको छ