मनलाग्दी अन्तर्राष्ट्रिय सीमापुल बन्द गर्न पाईन्छ ?
दार्चुला : कात्तिक ५ गते सोमवार दार्चुलामा एक्कासी नेपाल–भारत जोड्ने खलंगा पुल बन्द भयो । जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरुले उक्त अन्तर्राष्ट्रिय सीमा पुलमा ताल्चा लगाए । सधैजसो नियमित आवागमन भइरहेको यो पुलमा सोमवार मध्यान्ह १२ बजेको समयमा जम्मा भएका व्यापारीहरुले नेपालतर्फ पुलको ढोका बन्द गरी तालाबन्दी गरेका हुन् । पुलमा तालाबन्दी हुँदा आवागमन रोकियो र सयौँ मानिस वारीपारी अड्किए । पुलमा तालाबन्दी गर्नुको कारण थियो प्रहरीले व्यापारीका गोदाममा छापा हानी