स्थानीय

अपिहिमालमा साउन ३१ गते सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाले साउन ३१ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै सुर्माभवानी जात्राको अवसरमा बिदा दिइएको जनाएको हो । अपिहिमाल गाउँपालिकाको प्रख्यात धार्मिक स्थल सुर्माभवानी मन्दिरमा साउन ३० र ३१ गते लाग्ने जात्राको अवसरमा साउन ३१ गते गाउँपालिका भरी सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र सिंह साउँदले बताए । सार्वजनिक बिदाको दिन पालिकाभित्रका सार्वजनिक, सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक

दार्चुलाको नौगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्युु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।

पवित्र महाकाली स्वच्छता अभियानलाई साथ दिदै, गुरु पूर्णिमाका दिन दीप प्रज्वलन

दार्चुला : गुरु पूर्णिमाका दिन लेकम गाउँपालिका-३ लालीस्थित महाकाली किनारको शिवालयमा दीप प्रज्वलन गरिएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला द्वारा संचालित ट्रोसा दोस्रो परियोजनाअन्तर्गत गठन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र लेकम गाउँपालिका-३ लालीले गुरु पूर्णिमाको अवसर पारी पुलघाटस्थित शिवालयमा दीप प्रज्वलन गरेको हो । महाकाली नदी स्वच्छता अभियानलाई समर्थन गर्दै दीप प्रज्वलन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । दुहुँ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय पिपलचौरी मावि विणलाई आइतवार एक कार्यक्रमका बीच सम्मान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । पिपलचौरी मावि विणले पालिकाका प्रथम स्थान ल्याएको थियो । एसइईमा यो विद्यालयले ३३ दशमलव

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीकी अन्दाजी ३८ वर्षीया सरिता साउँदको भीरबाट लडेर मृत्यु भएको हो । आइतवार दिउँसोतिर घाँस काट्ने क्रममा कालीचिउरी भन्ने भीरबाट लडेर साउँदको मृत्यु भएको स्थानीय चन्द्र सिंह साउँदले जानकारी दिए । साउँदका २ छोरा, ३ छोरी र श्रीमान रहेका छन् ।

शैल्यशिखर नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालयहरु र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको करार सेवा अवधी नथप्ने निर्णय भएको जनाएको छ । सोमबार प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाद्वारा हस्ताक्षरित सूचनामा सेवा करारमा कार्यरत कर्मचारीहरुको मिति २०८१/०४/०१ देखि लागू हुने गरी म्याद थप नगर्ने भनि नगर कार्यपालिका र नगरसभाको बैठकबाट निर्णय भएको हुँदा मिति २०८१/०४/०१

दार्चुलामा जुवा खेलिरहेका ५ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवा खेलिरहेका ५ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका-४ बसपार्कस्थितको बिरेन्द्र वन गेष्ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरन राज खत्री, महाकाली नगरपालिका–४ कै ३५ वर्षीय प्रेम दत्त जोशी, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दीपक चन्द, कञ्चनपुरको बेतकोट नगरपालिका–९ का ४० वर्षीय खडक बहादुर मल्ल र डडेल्धुराको पर्शुराम नगरपालिका–९ बस्ने

सुदूरका पहाडमा पहिरोको वितण्डा, सडक अवरुद्ध

दार्चुला । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडकपनि पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द

महाकालीमा पानीको बहाव बढ्दै, सीमा नाकाका पुल बन्द

दार्चुला । महाकाली नदीमाथि पानीको बहाव बढ्दै गएपछि दार्चुलाका सीमा नाकाका पुलहरू बन्द गरिएका छन्। पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नदी महाकालीमा रहेका सबै झोलुङ्गे पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेक अन्य आवतजावत बन्द गरिएको प्रहरीले